सरकारको मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रको विकास हो: मन्त्री पुन


काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रको विकास गर्ने रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

मन्त्री पुनले एआई, आइटीको विकासमा बढी भन्दा बढी जोड दिएर त्यसलाई उपयोगमा ल्याउने कुरालाई प्रधानमन्त्री बालेन्द्र साहले पनि जोड दिएको उल्लेख गरे ।

उनले अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर प्रकाशित गर्ने विषयमात्रै नभएकाले सरकारले त्यसको उपयोगमा जोड दिने नीति लिएको पनि स्पष्ट पारे ।

मन्त्री पुनले भने, ‘अहिलेको सरकारको मुख्य उद्देश्य अव यही छ–एआई, आईटीलाई कसरी बढी भन्दा बढि गरेर यसलाई अगाडि भन्ने छ सरकारको । त्यसैले प्रधानमन्त्रीज्युले यो आइटी सम्बन्धि सबै जिम्मेवार चाँही पहिला सञ्चार मन्त्रालयका थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नुभएको छ । यो उहाँले मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो ।’