
काठमाडौं । भारतले आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डमाथि चार विकेटको जित निकालेको हो ।
भारतले १२ वर्षपछि उपाधि उचाल्न सफल भएको हो ।
दुबईमा न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए ।
श्रेयस अय्यरले ४८, शुभमन गिलले ३१ र अक्षर पटेलले २९ रनको योगदान गरे । त्यस्तै हार्दिक पाण्ड्याले १८ रन बनाउँदा हुँदा केएल राहुलले ३४ रन जोडे । न्युजिल्यान्डका मिचेल सैन्टर र माइकल ब्रेसवेलले समान दुई दुई विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५१ रन बनाएको थियो । न्युजिल्यान्डका ड्रेयल मिचेलले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मिचेल ब्रेसवेलले ५३ रनको योगदा गरे ।
भारतका लागि वरुण चक्रवर्ती र कुलदीप यादवले दुई दुई विकेट लिए । भारतले यसअघि सन् २०१३ मा अन्तिम पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।








प्रतिक्रिया