
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता उठाउने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत बैंकहरुसँग २५ अर्ब रुपैयाँको प्रस्ताव राष्ट्र बैंकले माग गरेको हो ।
केन्द्रीय बैंकले २१ दिनको लागि उक्त तरलता प्रशोचन गर्न लागेको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रिय बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणमा लगानी गर्न आइतबार दिउसो ३ बजेसम्म अनलाइनबाट आवेदश पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातबाट नै तरलता प्रशोचन गर्दै आएको छ ।
प्रतिक्रिया