
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा चार स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल ९९ औं स्थानमा उक्लेको हो । नेपाली टोली यसअघि फिफा वरीयताको १०३ औं स्थानमा थियो ।
भर्खरै मात्र घरेलु मैदानमा सम्पन्न चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो चार स्थान सुधार गरेको हो ।
प्रतियोगितामा नेपालले दुई खेलमा जित निकालेको थियो भने एक खेल बराबरी र एक खेलमा पराजित भएको थियो ।
लिग चरणमा किर्गिस्तान र लेबनानमाथि समान १–० को जित निकालेको नेपालले ६ वर्षपछि म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो । तर, फाइनलमा भने नेपाल म्यानमारसँग २–० गोल अन्तरले पराजित भएको थियो ।








प्रतिक्रिया