
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाले आवेदन दिएका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइलाई बिदाइ गर्दै क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो ।
क्यानले मुख्य प्रशिक्षकका लागि फागुन पहिलो साता आवेदन खुलाएको थियो । मुख्य प्रशिक्षकका लागि ७० जनाले आवेदन दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ७० जनाबाट २५ जनालाई सर्ट लिस्ट गरेर त्यसबाट ३ जना निकाल्दै अन्तर्वार्ताबाट एक जनाको छनोट गर्ने अध्यक्ष चन्दले जानकारी दिए ।
‘नेपाली टोली मुख्य प्रशिक्षक बन्न धेरैले चासो देखाए । ७० जनाभन्दा धेरैको आवेदन परेको छ । त्यसमा २५ जना हुँदै ३ जनालाई छनोट गर्नेछौं,’ अध्यक्ष चन्दले भने ।
चन्दले क्यानको म्यानेजमेन्ट टोलीले सर्ट लिस्ट गर्ने काम सुरु गरेको बताएका छन् । क्यानका प्रवक्त छुम्बी लामाले शनिबार सर्ट लिस्ट सार्वजनिक गर्ने जानकारी दिए ।
प्रतिक्रिया