नेपाल माइक्रो इन्स्योरेन्सको सेयर बाँडफाँट

938
Shares

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना आवेदकले सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आईपीओमा १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए ।

जसमा १० हजार ३८६ जना आवेदकको आवेदन रद्द भएको छ । आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट, नेपाल माइक्रो इन्स्योरेन्सको वेबसाइट, मेरो सेयर र सिडिएससीको वेबसाइट बाट हेर्न सकिने छ ।

कम्पनीले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।