प्रतिनिधिसभाबाट स्वीकृत भयो सुशासन प्रवर्द्धन अध्यादेश

364
Shares

काठमाडौं । सरकारले जारी गरेको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले बहुमतबाट उक्त अध्यादेश अनुमोदन गरेको हो ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

प्रस्ताव पेश गर्दै मन्त्री गुरुङले संसद् अवरुद्ध भएका बेला आवश्यक कानूनी व्यवस्थाका लागि अध्यादेश ल्याउनुपर्ने बाध्यता रहेको बताए । संसदमा पाँच वर्षदेखि पारित नभएका विधेयक रहेको र कानुन आवश्यक हुने बताए ।

‘संसद्मा पाँच वर्षदेखि पारित नभएका विधेयक छन्। के अत्यावश्यक विषयहरू वर्षौंसम्म पर्खेर बस्न सक्छौं? विधेयकहरू लामो समयसम्म अल्झिएमा तत्काल आवश्यक कानूनी प्रक्रिया अघि बढाउनु पर्दैन ?’ मन्त्री गुरुङले प्रश्न गरे।