सेयर बजारमा हरियाली छाउँदा परिसूचक २९ सय बिन्दु नजिक

91
Shares


काठमाडौं । सेयरमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार मात्रै नभएर कारोबार रकम समेत ह्वात्तै बढेको छ ।

बजार ७५ं२४ अंकले बढेर परिसूचक २८९०.२८ बिन्दुमा पुगेको छ । ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । लगानीकर्ताको आकर्षण वित्त कम्पनी, होटल, जीवन बिमा, उत्पादन तथा प्रशोधन, विकास बैैंक, निर्जीबन बिमा समूहका कम्पनीका देखिएको छ ।

१९६ वटा कम्पनीको सेयर बढेको छ भने ४४ वटाको घटेको छ । कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Skip This