
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा सवार विमान काठमाडौं अवतरण गर्न नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
कतार एयरलाइन्सको दोहाबाट काठमाडौं आउँदै गरेको विमान मौसम प्रतिकूल भएपछि कोलकाता डाइभर्ट भएको हो । विमान कोलकातामा अवतरण भएको छ ।
काठमाडौंमा अवतरण गर्न केही पटक प्रयास भएको भए पनि मौसम प्रतिकुल हुँदा सम्भव नभएपछि विमानलाई कोलकातामा डाइभर्ट गरिएको हो ।
काठमाडौंको मौसम प्रतिकुल हुँदा विमान ल्याण्ड हुन सकेन, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने, ‘कतारको दोहबाट आएको जहाज कोलकाता डाइभर्ट भएको छ । अहिले काठमाडौंको मौसममा सुधार आएको छ । विमान फर्कने तयारीमा छ ।’
राष्ट्रसंघको बैठकमा सहभागी हुन जेनेभा गएकी राणा सोही यात्राबाट स्वदेश फर्कँदै थिइन् ।
प्रतिक्रिया