
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई गुटबीच झडप भएको छ ।
बिहीबार बिहानको झडपमा परि नेविसंघका केन्द्रीय सदस्य र मोरङ जिल्ला सभापतिसहित तीन जना घाइते भएका छन् ।
झडप पार्टी सभापति शेरबहादुर देउवा पक्षधर र डा. शेखर कोइराला पक्षधर विद्यार्थीहरूबीच भएको थियो ।
घाइते हुनेहरूमा नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास, नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल र सचिव गुड्डु साह रहेका छन् । ती सबै इतर पक्षधरका विद्यार्थी हुन् । घाइतेमध्ये साह र विश्वास सामान्य अवस्थामा रहेको बताइए पनि पोखरेललाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल नेतृत्वको समूहले आक्रमण गरेको हो ।
विश्वासका अनुसार, क्याम्पसको वस्तुस्थिति बुझ्न आएका बेला स्ववियु सभापतिका समर्थकह
प्रतिक्रिया