मौद्रिक नीतिको प्रभावः सेयर बजारमा उछाल, लगानीकर्ताको ध्यान बैंकमा

0
Shares

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बैंकिङ समूहको उपसूचकसँगै बजारमा उछाल आएको हो ।

बजार मापन गर्ने सूचक ४९.१५ अंकले बढेर परिसूचक २८१५.०४ बिन्दु कायम भएको छ । ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिनको कारोबारमा लगानीकर्ताको ध्यान बैंकमा देखिएको छ । सबै समूहको उपसूचक बढ्दा बढी आकर्षण वाणिज्य बैंकको सेयरमा देखिएको छ ।

बैंकिङ समूहको उपसूचक ३.३२ प्रतिशत, विकास बैंक १.५३ प्रतिशत, वित्त ०.२८, होटल १.१२, जलविद्युत १.८०, लगानी १.२५, जीवन बिमा ०.८१, उत्पादन तथा प्रशोधन २.९१, माइक्रोफाइनान्स २.९१, माइक्रोफाइनान्स ०.९१, निर्जीबन ०.७० र अन्य समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ ।

कारोबारमा १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको घटेको छ । कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा गाड्रियन माइक्रो, अप्पर हेवाखोला, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ९६ करोड ४७ लाख ३४ हजार ६०८ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ ।

यस्तै असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिने उल्लेख छ । उक्त व्यवस्थाले बैंकहरुको कर्जा नोक्सानी व्यवस्थाबाट करिब ४ अर्ब ५१ करोड रुपैयाँ फिर्ता हुने छ । यसले बैंकहरुको करिब ४० अर्ब रुपैयाँ कर्जा लगानी क्षमता समेत बढ्ने छ । त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।