लाभांश दिन लागेको युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोले हकप्रद ल्याउने

98
Shares

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आर.बि हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साथै कम्पनीले बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीको १ः१ अनुुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत ११ गते बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि फागुन २३ गते बुक क्लोज गर्ने भएको छ । फागुन २२ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।