
काठमाडौं । कालिञ्चोक दर्शन प्रालिले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रति सेयर सय रुपैयाँका दरले ६० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । त्यसका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त भएको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कालिञ्चोक दर्शनले कालिञ्चोक गाँउपालिका–१, कुरीमा केबुलकार सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया