
काठमाडौं । सेयर बजार ११.६६ अंकले बढेर परिसूचक २७५५.४० बिन्दु कायम भएको छ ।
यो दिन ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार कित्ता सेयर ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ । बैंकिङ समूह, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीबन बिमा, अन्य समूहको उपसूचक बढेको छ भने विकास बैंक, वित्त, होटल, जलविद्युत, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा छ्याङ्दी हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु), नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने उपकार लघुवित्त, पिपुल्स हाइड्रोपावर, उप्पर हेवाखोला, इस्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया