नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्कासन

168
Shares

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर आजदेखि जारी गरेको हो ।

आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।
सेयरमा आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।