उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा सत्तापक्षलाई पाखा लगाउँदै प्रतिपक्षी दलका कोइराला निर्वाचित

2.7k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनका अध्यक्षमा ईन्जिनिर सुवास कोइराला निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष कोइराला शुक्रबार भएको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा विजयी भएका हुन् ।

माओवादी समर्थित कर्मचारी युनियनले राम्रो पकड बनाउन सफल भएको प्राधिरकणमा सत्तापक्षका उम्मेदवारलाई पाखा लगाउँदै प्रतिक्षी दल मओवादी केन्द्र समर्थित कर्मचारी संगठनका उम्मेदवार विजयी भएका हुन् । लोकतन्त्र पछिको चार वटा निर्वाचन सबैमा माओवादी समर्थित कर्मचारी संगठनले नै बाजी मार्दै आएको छ ।

यस अघि नेपाल राष्ट्रिय कर्मचारी संगठनका दमन रावल दुईपटक र श्रवणकुमार यादव एक पटक आधाकारिक ट्रेड युनियको अध्यक्ष भइसकेको छन भने चौथो पटककाे निर्वाचनमा काेइराला विजयी भएका हुन् ।

प्राधिकरणको यस निर्वाचनमा नेकपा माओवादी केन्द्र समर्थित कर्मचारी संगठनका अध्यक्ष कोइरालाका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समर्थित नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघका गणेश प्रसाद भुसाल अध्यक्ष थिए ।

कोइरालाले २०२ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी भुसालले १९४ मत पाए भने नेकपा एमाले समर्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद अर्यालले १५३ मत मात्रै प्राप्त गरेका छन् ।

प्राधिकरणको आधाकारिक ट्रेड युनियन निर्वाचनका लागि विभिन्न २२ वटा स्थानमा मतदात केन्द्र राखिएको थियो । कुल ६१३ मदतातामध्येबाट जम्मा ५८६ मत खसेको थियो । उक्त मतदातमा १० मत बदर भएको प्राधिकरणको आधिकार ट्रेड युनियन निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

यस अघि यो संगठनले गरेको राम्रा कामको अनुमोदन प्राधिकरणका कर्मचारीले गरेकैले सहजै विजयी हुन सकेकाे अध्यक्ष कोइरालाले बताए । उनका अनुसार कर्मचारीको हक, संस्थागत हित र पेशागत हकहितमा काम गरेकै कारण कर्मचारीले यसपटक पनि आधिकारीक ट्रेड युनियनको जिम्मेवारी आफ्नो संघठनलाई दिएको पनि कोइरालाले बताए ।