
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालयमा दिउँसो २ बजे बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक विषयवस्तु तथा पार्टी गतिविधिहरूको समीक्षा गर्ने एजेन्डा छन् । साथै विभिन्न नियमावली र कार्यविधिहरूमा छलफल हुने जनाइएको छ ।
त्यस्तै फागुन १६ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको सर्वांगीण संवाद तथा केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीबारे बैठकमा छलफल गरिने बताइएको छ ।








प्रतिक्रिया