सुनसरीको कोशी गाउँपालिकामा वर्डफ्लुको संक्रमण

147
Shares

काठमाडौं । सुनसरीको गाउँपालिका वडा नम्बर ६ मा वर्डफ्लु रोग फैलिएको पुष्टि भएको छ ।

पशु सेवा विभागले बिज्ञप्ती जारी गर्दै उक्त स्थानमा वर्डफ्लुको संक्रमण पुष्टि भएको जनाएको छ । विभागका महानिर्देशक डा.उमेश दाहालका अनुसार कोशी गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा पालिएका कुखुरामा वर्डफ्लुको संक्रमण फैलिएको हो ।

संक्रमण भएको पुष्टि भएसँगै उक्त फार्मको ५० मिटर पूर्व, २ सय मिटर पश्चिम, १५० मिटर उत्तर र दक्षिणमा ३ सय मिटरसम्मको दूरीमा कायम हुने चार किल्ला क्षेत्रमा रोग नियन्त्रण कार्य सञ्चालन गर्ने क्षेत्र तोकिएको छ ।

विभागले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पत्राचार गर्दै उक्त क्षेत्रमा निगरानीका साथै नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रहसमेत गरेको छ ।

Skip This