
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताए ।
उनले आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताए । उनले अध्यादेश ल्याइएकोबारे प्रतिपक्षी दलहश्रले प्रश्न गर्ने गरेको उल्लेख गर्दै अध्यादेशले के बिग्रियो भन्दै प्रतिप्रश्न पनि गरे ।
यदी विरोध नै गर्ने भए संविधानबाटै अध्यादेश ल्याउने कुरा हटाउनुपर्ने उनको भनाइ छ । संविधान संशोधनको कुरा उठिरहेको उल्लेख गर्दै अध्यादेश ल्याउने व्यवस्था खारेज गर्न प्रश्ताव पनि राखे ।
प्रतिपक्षी दलहरुले संसद छलेर अध्यादेश ल्याएको आरोप लगाउने गरेको उल्लेख गर्दै उनले संसद छलेर कानून नबन्ने स्पष्ट पारे । अध्यादेशमा सुधार गर्नुपर्ने कुरामा आवश्यक संशोधन हाल्न सकिने उनको भनाइ छ ।








प्रतिक्रिया