वाम गठबन्धनका माधवकुमार नेपाल ९ हजार मतले अगाडी



काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता माधवकुमार नेपाल करिब ९ हजार मतान्तरले अगाडी रहेका छन् ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार नेता नेपालले अहिलेसम्म १९ हजार १सय ८० मत हासिल गरेका छन भने उनका निकटम प्रतिद्धन्दी दिपक कुईँकेलले १० हजार ७ सय ५९ मत हासिल गरेका छन् । यी दुई बीचको मत अन्तर करिब ९ हजारको हाराहारीमा रहेको छ ।

त्यसैगरि तेस्रो स्थानमा विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ५ हजार ६ सय ६८ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु