रामचन्द्र पौडेल करिब २ हजारले मतले पछाडि



काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल करिब २ हजार मतले पछाडि परेका छन् ।

मतगणनाको सुरुवातदेखि नै पछाडि परेका पौडेलको मतान्तर बढ्दै गएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणाम अनुसार पौडेलले १० हजार २२६ मत प्राप्त गरेका छन् ।

बाम गठबन्धनबाट उम्मेद्वार बनेका एमालेका उम्मेद्वार कृष्णकुमार श्रेष्ठले १२ हजार २ सय ७३ मत पाएका छन् ।


क्लिकमान्डु