नेशनल लाईफको सन्जिवनी अमृत सावधिक बिमालेखः के के छन् सुविधा ?

1.4k
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको सन्जिवनी अमृत (सावधिक) जीवन बिमालेखमा बिमितको आकर्षण बढ्दो छ । यो योजनामा न्यूनतम बिमा शुल्क दरमा अधिकतम जोखिम बहन हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

बिमा अवधि समाप्तिमा पूरा बिमांक रकम र बोनस एकमुष्ठ भुक्तानी गरिने कम्पनीले जनाएको छ । बिमा अवधिभित्र नै बिमितको निधन भएमा दुई गुणासम्म बिमांक रकम तथा सो अवधि सम्मको बोनस इच्छाइएको व्यक्तिलाई प्रदान गरिन व्यवस्था उक्त बिमा लेखमा रहेको नेशनल लाईफका बजार व्यवस्थापन प्रमुख विवेक शर्माले बताए ।

यो योजनामा समावेश हुनका लागि बिमितको उमेर न्यूनतम १२ वर्ष हुनुपर्ने छ भने अधिकतम उमेर ५६ वर्षको हुनुपर्ने छ । बिमा अवधि न्यूनतम १२ र अधिकतम २० वर्ष रहेको छ ।

यसमा अधिकतम बिमा समाप्ति उमेर ७० वर्ष छ । न्यूनतम बिमांक रकम २ लाख रहेको छ भने अधिकतम रकम बिमितको आयस्रोत अनुसार हुने उनले जानकारी दिए ।

बिमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक रुपमा हुनेछ । नियमित बिमाशुल्क भुक्तानी गर्दा बिमितिले छुट समेत पाउने छन् ।

जसमा वार्षिकतर्फ २ प्रतिशत, अर्धवार्षिक १ प्रतिशत, त्रैमासिकमा ० प्रतिशत छुट पाइने छ । मासिकतर्फ भने १ प्रतिशत थप शुल्क रहेको छ ।

बिमांक रकम १० लाख रुपैयाँ वा सोभन्दा माथि बिमाशुल्क भए २ प्रतिशत छुट हुने शर्माको भनाइ छ ।

यो पोलिसी लिने बिमितले विभिन्न लाभ पाउनेछन् । बिमित जीवित भएमा चालु बिमालेखमा बिमा समाप्ति मितिसम्म बिमित जीवित रहेमा बिमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा बिमांक र नियमानुसारको बोनस पाइने छ ।

कथं कदाचित बिमितको मृत्यु भएमा चालु बिमालेखमा बिमा समाप्ति हुने मिति अगावै बिमितको मृत्यु भएमा बिमालेखको शर्त अनुसार बोनस रकम भुक्तानी दिने कम्पनीले जनाएको छ ।

बिमित बिमा प्रारम्भ मितिले ५ वर्षभित्र मृत्यु भएमा बिमांकको १०० प्रतिशत, बिमा प्रारम्भ मितिले ६ वर्ष देखि १० वर्ष भित्र मृत्यु भएमा १२५ प्रतिशत, बिमा प्रारम्भ भएको मितिले ११ वर्ष देखि १५ वर्ष भित्र मृत्यु भएमा १५० प्रतिशत र १६ देखि २० वर्ष भित्र मृत्यु भएमा २०० प्रतिशत भुक्तानी हुनेछ ।

यो पोलिसी लिनेले अन्य थप सुविधा पाउन सक्नेछन् । कम्पनीका अनुसार बिमाशुल्कमा न्यूनतम थप गरि बिमांक रकम बराबर वा बढीमा ५० लाख सम्मको बिमांकमा दोहोरो दुर्घटना मृत्युलाभ समावेश छ ।

बिमाशुल्कमा न्यूनतम थप गरि बिरामी वा दुर्घटनाका कारणबाट स्थायी रुपमा अंगभंग भएमा बिमाशुल्क मिन्हा रक्षावरण समावेश गर्न सकिने कम्पनीले जनाएको छ ।

बिमाशुल्कमा न्यूनतम थप गरि दुर्घटनाका कारणबाट स्थायी रुपमा अंगभंग भएमा स्थायी पूर्ण अपाङ्गता समावेश रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बिमा शुल्कमा बिमा अवधि र बीमीतको जन्म मितिको आधारमा आउने न्यूनतम बिमाशुल्क थप गरि तोकीए अनुसारको घातक रोग सुविधा रहेको छ ।

कम्पनीले बिमितलाई ऋण समेत दिने छ । समर्पण मूल्यका लागि योग्य बिमालेखमा ऋण सुविधा प्रदान हुने छ । ऋण रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत हुनेछ । उक्त ऋणमा बिमा प्राधिकरणले स्विकृत गरेको ब्याज लाग्नेछ । यसमा नियमअनुसार आयकर छुट सुविधा रहेको छ । यो योजनामा एकमुष्ठ प्रिमियम पनि बुझाउन सकिने कम्पनीले जानकारी गराएको छ ।

सन्जिवनी अमृत सावधिक बिमालेखबारे नेशनल लाईफका बजार व्यवस्थापन प्रमुख विवेक शर्माको भनाइ-