![](https://clickmandu.com/wp-content/uploads/2025/02/life-ins.png)
काठमाडौं । जीवन बिमा कम्पनीको व्यवसाय विस्तारले आम्दानीसँगै नाफामा पनि सुधार देखिएको छ । बिमा कम्पनीहरुको प्रथम बिमाशुल्कको साथै कुल बिमाशुल्कमा उल्लेख्य सुधार भएको छ । अर्थतन्त्रमा देखिएको सुस्तताबीच बिमा कम्पनीले व्यवसायमा गरेको सुधारको प्रभाव नाफामा देखिएको हो ।
जीवन बिमा कम्पनीको बिमाङ्कीय मूल्याकंन नभएको नाफालाई आधार मानेर विश्लेषण गर्नु उपयुक्त नहुन सक्छ । बिमा कम्पनीहरुसँग बिमा गर्ने बमितको दायित्व भुक्तानी गर्नुपर्ने भएकोले दायित्वको लागि जीवन बिमा कोषको रुपमा ठूलो कोष रहेको हुन्छ । उक्त कोषबाट बिमा कम्पनीहरुले आफ्ना सहायक कम्पनी स्थापना गर्ने, अन्य कम्पनीको सेयरमा लगानी गर्ने, सूचीकृत कम्पनीको सेयर, ऋणपत्र जस्ता धितोपत्र बजारमा लगानी गर्ने देखि विभिन्न उत्पादनमुलक क्षेत्रमा गर्ने लगानी र बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गर्ने गर्दछन् ।
बिमा कम्पनीको वास्तविक नाफा बिमाङ्कीय मूल्यांकनपछि मात्रै देखिने गर्छ । बीमा कम्पनीहरुले आफ्नो कोषबाट एक वर्षमा गरेको आम्दानीबाट निश्चित प्रतिशत हिस्सा बीमितको लागि र केही प्रतिशत हिस्सा सेयर लगानीकर्ताले लाभांश पाउनेगरी नाफा नोक्सान हिसाबमा सार्न सकिन्छ ।
बिमा कम्पनीको कोषमा ठूलो रकम हुने कम्पनीहरुको अपरिस्कृत वित्तीय विरणमा नाफा न्यून देखिने भए पनि बिमाङ्कीय मूल्यांकन भएर लेखापरिक्षणपछि भने जीवन बिमा कम्पनीहरुको नाफामा ठुलो अन्तर देखिन्छ ।
सोही करण जीवन बिमा कम्पनीको प्रारम्भिक वित्तीय विवरण र लेखापरिक्षणपछि नाफामा ठूलो अन्तर देखिने गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बिमाङ्कीय मूल्यांकन नहुँदा समेत जीवन बिमा कम्पनीको मुनाफामा उल्लेख्य सुधार भएको छ ।
जीवन बिमा कम्पनीको प्रथम बिमाशुल्क नै उलेख्य रुपमा बढेको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बिमा कम्पनीले १६ अर्ब १२ करोड २३ लाख रुपैयाँ प्रथम बिमाशुल्क सहित कुल ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जीवन बिमा कम्पनीहरुको प्रथम बिमाशुल्क १३ अर्ब ८४ करोड २० लाख रुपैयाँ सहित कूल बिमाशुल्क ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ आर्जन गरेका थिए । प्रथम बिमाशुल्मा उल्लेख्य वृद्धिले बिमा कम्पनीहरुले अर्थतन्त्रमा देखिएको शिथिलताका बीच व्यवसाय उल्लेख्य रुपमा बढाएको देखिन्छ । व्यवसायमा वृद्धिसँगै प्रारम्भिक वित्तीय विवरणमा नाफामा समेत वृद्धि देखिएको छ ।
आर्थिक वर्षको ६ महिनामा १४ जीवन बिमा कम्पनीले ३ अर्ब ४८ करोड ८२ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा ३ अर्ब ३ करोड ७२ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/bima-final-final.png)
१४ जीवन बिमा कम्पनीमध्ये दुई वटा कम्पनीको नाफा घटेको छ भने १२ वटाको बढेको छ । सन् नेपाल लाइफ र राष्ट्रिय जीवन बिमा कम्पनी नाफा घटेको हो । । सन् नेपाल लाइफको नाफा १४ प्रतिशतले घटेर २८ करोड २२ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको कुल आम्दानी बढेको छ । कुल आम्दानी बढेपनि आम्दानीको तुलनामा खर्च बढ्दा नाफा घटेको छ । पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी २ अर्ब ९४ करोड २० लाख ३१ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा २ अर्ब ३ करोड ९१ लाख ५३ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खर्च पनि निकै बढेको छ । गत आवको पुस मसान्तमा १ अर्ब ७१ करोड ७ लाख ४८ हजार रुपैयाँ रहेकोमा अहिले बढेर २ अर्ब ६५ करोड ९७ लाख २० हजार रुपैयाँ पुगेको छ । जसको असर नाफामा देखिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा ४३.६ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा १ करोड ४२ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको सोही अवधिमा ८ लाख ६५ हजारमा सीमित भएको छ । चालु आवको ६ महिनामा कम्पनीको कुल आम्दानी ८ अर्ब १२ करोड ४३ लाख १६ हजार रहेको छ । गत आवको सोही अवधिमा ९ अर्ब ५० करोड ३४ लाख ७८ हजार रुपैयाँ रहेको थियो । कुल नाफाको असर नाफामा देखिएको छ ।
यो अवधिमा कम्पनीको खर्च पनि घटेको छ । गत आवको पुस मसान्तमा ८ अर्ब ८७ करोड १ लाख १४ हजार खर्च रहेको थियो । अहिले घटेर ७ अर्ब ६४ करोड २४ लाख ५८ हजार रहेको छ ।
पुस मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्सको नाफा ९.४० प्रतिशतले बढेर २७ करोड ९१ लाख ४० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २५ करोड ५१ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल नाफा बढ्दा त्यसको प्रभाव नाफामा देखिएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले ११ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ कुल नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा १३ अर्ब ९ करोड ५७ लाख ५७ हजार रहेको छ । यो अवधिमा कम्पनीको कमिशनबाट हुने आय, अन्य आय, लगानी कर्ता कर्जाबाट हुने आय बढेको छ ।
यो अवधिमा कम्पनीको खर्च पनि केही बढेको छ । गत असार मसान्तमा १० अर्ब ९० करोड ७० लाख ४७ हजार रुपैयाँ रहेको खर्च अहिले १२ अर्ब ३२ करोड २२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ५६.५५ प्रतिशतले बढेर पुस मसान्तसम्म २५ करोड ३ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १५ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको कुल नाफा ६ अर्ब ९ करोड १२ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ५९ करोड २५ लाख १ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको खर्च पनि केही बढेको छ ।
पुस मसान्तसमम कम्पनीले कमिशन, सेवाशुल्क, अन्य शिर्षकमा गर्ने खर्च बढेर पुस मसान्तसम्म ५ अर्ब ५२ करोड ८१ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ८ करोड ४५ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
कुल आम्दानी बढ्दा मेट लाइफ इन्स्योरेन्सको नाफा १४.८१ प्रतिशतले बढ्न सहयोग पुगेको छ । पुस मसान्तसम्म कम्पनीले २२ करोड २५ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १९ करोड ३८ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको कुल आय ४ अर्ब २४ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब १ करोड १३ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीको खर्चमा पनि सामान्य वृद्धि भएको छ । गत आवको पुस मसान्तमा ३ अर्ब ६० करोड ८२ लाख २० हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ३ अर्ब ७८ करोड ९६ लाख १६ हजार पुगेको छ ।
पुस मसान्तसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशनले पुस मसान्तसम्म नाफा ३.८१ प्रतिशतले बढाएर १४ करोड १८ लाख ३२ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १३ करोड ६६ लाख २५ हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल आय र खर्च करिब समान रुपमा बढेको छ । जसले गर्दा नाफामा उल्लेख्य सुधार हुन भने सकेको छैन । ३.८१ प्रतिशतको बढोत्तरी सामान्य नै हो ।
पुस मसान्तसम्म कम्पनीको कुल आय १५ अर्ब ६८ करोड ५८ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १४ अर्ब ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ रहेको थियो । यस्तै कम्पनीको खर्च पुस मसान्तमा १४ अर्ब २४ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १३ अर्ब ९ करोड ५५ लाख ४१ हजार रहेको थियो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्म २३ करोड १६ लाख ८९ हजार रुपैयाा नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
चालु आवको पुस मसान्तसम्म कम्पनीको कुल आय ४ अर्ब ११ करोड ५१ लाख ३५ हजार रहेको छ । गत आवको सोही अवधिमा भने ३ अर्ब ४० करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको खर्च पुस मसान्तसम्म ३ अर्ब ८८ करोड ४६ लाख ७२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३ अर्ब १८ करोड ४३ लाख १० हजार रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा ८६.७८ प्रतिशतले बढेर २३ करोड ९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खर्चको तुलनामा कुल आय धेरै हुँदा नाफा बढेको छ ।
गत आवको पुस मसान्तमा कम्पनीको कुल आय ३ अर्ब ३६ करोड १२ लाख १४ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ४ अर्ब १८ करोड ९४ लाख ६६ हजार रहेको छ ।
यस्तै कम्पनीको खर्च गत आवको पुस मसान्तमा ३ अर्ब २३ करोड ७५ लाख ५७ हजार रुपैयाँ रहेको थियो । अहिले कम्पनीको खर्च बढेर ३ अर्ब ९५ करोड ८४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४६ करोड ८१ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.४४ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्म कम्पनीले ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आय बढ्दा त्यसको प्रभाव कुल आयमा देखिएको छ । गत आवको दोस्रो त्रैमासमा २९ अर्ब २० करोड ८१ लाख ७५ हजार रुपैयाँ कुल आय गरेको कम्पनीले चालु आवको सोही अवधिमा ३३ अर्ब ३९ करोड ८५ लाख २० हजार रुपैयाँ कुल आय गरेको छ ।
यस्तै कम्पनीको खर्च गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा केही बृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा २६ अर्ब ९५ करोड ५८ लाख ४१ हजार रुपैयाँ रहेको थियो । अहिले बढेर ३१ अर्ब २ करोड ५९ लाख २२ हजार पुगेको छ ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/insu2-768x414.png)
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा पुस मसान्तसम्म सामान्य मात्रै सुधार भएको छ ।
गत आवको पुस मसान्तमा कम्पनीले १७ करोड ६४ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा कम्पनीको नाफा ३.४९ प्रतिशतले बढेर १८ करोड २५ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
गत आवको पुस मसान्तसम्म कम्पनीले कुल आय २ अर्ब ६० १४ लाख २२ हजार रुपैयाँ रहेको थियो । अहिले २ अर्ब ९७ करोड ४९ लाख ८४ हजार रहेको छ । यस्तै कम्पनीको खर्च गत आवको पुस मसान्तमा २ अर्ब ४२ करोड ४९ लाख ९९ हजार रुपैयाँ रहेको थियो । अहिले २ अर्ब ७९ करोड २३ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नाफा ५१.७ प्रतिशतले बढाएर ३५ करोड ३ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २३ करोड ९ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीको कुल आय गत आवको दोस्रो त्रैमासमा २ अर्ब ४१ करोड २९ लाख ५० हजार रुपैयाँ रहेको थियो । अहिले बढेर ३ अर्ब ४ करोड ८५ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीको खर्च पुस मसान्तसम्म २ अर्ब ६९ करोड ५६ लाख ८५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब १८ करोड १९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
चालु आवको ६ महिनामा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमाको तुलनामा ८.७३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ३४ करोड ६० लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीले १२ अर्ब २१ करोड ४६ लाख ४३ हजार रुपैयाँ कुल आय गरेको थियो । जुन गत आवको सोही अवधिमा १० अर्ब ९७ करोड ९४ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीले गत आवको पस मसान्तमा १० अर्ब ६३ करोड ३४ लाख ९ हजार रुपैयाँ खर्च गरेको थियो । चालु आवको सोही अवधिमा यो खर्च ११ अर्ब ३३ करोड २९ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
चालु आवको पुस मसान्तसम्म सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३.३६ प्रतिशतले बढेर १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म कम्पनीको कुल आय ७ अर्ब ६७ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ५ अर्ब ८६ करोड ४९ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीको खर्च ५ अर्ब ५४ करोड ४२ लाख ६७ हजार रुपैयाँ रहेको थियो । अहिले बढेर ६ अर्ब ६४ करोड ८ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइएमई लाइफ इन्स्योरेन्सले नाफा १४.१२ प्रतिशतले बढाएर २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । जुन गत आवको सोही अवधिमा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आय २ अर्ब ६५ करोड ४४ लाख ६५ हजार रुपैयाँबाट बढेर चालु आवको दोस्रो त्रैमासमा ३ अर्ब १४ करोड ६५ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीको खर्च २ अर्ब ४१ करोड ९७ लाख ३९ हजार रुपैयाँबाट चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा २ अर्ब ८७ करोड ८७ लाख १ हजार रुपैयाँ पुगेको छ ।
कैयन चुनौतीका बिच पनि बिमा कम्पनीले चालु आवको ६ महिनामा १४ जीवन बिमा कम्पनीले नाफा भने १४.८५ प्रतिशतले बढी हो ।
अहिले पनि नेपालका सबै भू–भागमा जीवन बिमा सम्बन्धी सचेतना पुगेको छैन । नेपालमा बिमा शिक्षाका कार्यक्रमहरु नियमित रुपले सञ्चालन भएका छैनन् । देशको अर्थतन्त्रमा देखिको सिथिलताको असर बिमा कम्पनीमा पनि पर्ने गर्छ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता र आर्थिक मन्दीको असर देखिएको छ । जसको असर बिमा कम्पनीको आम्दानीमा पर्छ । बिमा कम्पनीहरुले धेरै रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने गरेका छन् ।
प्रतिक्रिया