
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि हिटलरको शैलीमा कवाडी व्यवसायीहरूमाथि डोजर चलाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको दाबी गरे ।
बालेनलाई च्यालेन्ज गर्दै सांसद सिंहले भने, ‘हिम्मत छ भने संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन । यो कानून र न्यायविहीन देश हो। त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ?’
उनले गरिब मधेशीलाई कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको आरोप लगाए ।
प्रतिक्रिया