
काठमाडौं । स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको जनाएको छ ।
स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन (आईसीई) सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९% को आकर्षक ब्याजदरमा सवारी साधनलाई ८०% सम्म फाइनान्सिङ प्रदान गर्दैछ ।
यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुन: परिभाषित गर्दै ग्राहकलाई विद्युतीय सवारी साधनको जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
यो फाइनान्सिङ योजना प्रायः ग्राहकलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतहरूलाई सम्बोधन गर्न सुरु गरिएको कम्पनीले जनाएको छ ।
स्कोडा नेपालले अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडा सवारी साधनहरूको आनन्द लिनका लागि वित्तीय अवरोधहरू कम गरेर ठूलो सङ्ख्याका ग्राहकहरूलाई सशक्त बनाउन लागेको हो । यो अफरले राजमार्गको आरामदायी यात्रा होस् वा ड्राइभिङको प्रिमियम अनुभव लिन खोज्ने हुन्, धेरै ग्राहकहरूको सपनालाई वास्तविकता बनाउने छ ।
यो विशेष फाइनान्सिङ योजना सीमित अवधिको लागि पौष महिनाभरी मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । सम्भावित ग्राहकहरूलाई अति अनुकूल हुने सर्तहरूमा स्कोडा गाडीको स्वामित्व लिन पाउने यो विशेष अवसरको छिटो फाइदा उठाउन आव्हान गरिन्छ ।
यसअफरको बारेमा थप जान्न चाहने ग्राहकहरूलाई नेपालभरका स्कोडा शोरूमहरूमा भ्रमण गर्न आमन्त्रित गरिएको छ। शोरुममा फाइनान्सिङ विकल्पहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्न र स्कोडा सवारी साधनहरूको दायरा प्रदर्शन गर्न जानकार प्रतिनिधिहरू उपस्थित हुनेछन् जसले गर्दा प्रत्येक ग्राहकले आफ्नो आवश्यकता अनुसारको विकल्प रोज्न सक्ने छन् ।
नेपालमा ईभीहरूले निरन्तर रूपमा आकर्षण प्राप्त गरिरहँदा स्कोडा नेपालको यस फाइनान्सिङ योजनाले सबैका लागि समान अवसर निर्माण गर्ने निश्चित छ। ग्राहकहरूले अब स्कोडा आईसीई सवारी साधनहरूको अतुलनीय सुविधाहरू र ईभीसँग सम्बन्धित किफायतीपन दुवैको आनन्द लिन सक्छन् । यो पहल विकसित बजारमा मूल्य र नवीनता प्रदान गर्ने स्कोडाको प्रतिबद्धताको प्रमाण हो ।
स्कोडा नेपालका एक्जूटिव डायरेक्टर र सीईओ रौनक अग्रवालले भने, ‘हाम्रा ग्राहकहरू विलासिता, सुरक्षा र विश्वसनीयताको सन्दर्भमा उत्कृष्ट सवारी साधनको हकदार हुनुहुन्छ र हामी वहाँहरूलाई त्यसका लागि सजिलो बनाइरहेका छौं। यो योजनाले सवारी साधनहरू मात्र नभई समाधानहरू पनि अफर गर्ने हाम्रो समर्पणलाई प्रतिबिम्बित गर्दछ ।’
स्कोडा विश्वव्यापी रूपमा मान्यता प्राप्त एक अटोमोटिभ ब्रान्ड हो जसमा नवीनता, इन्जिनियरिङ उत्कृष्टता र ग्राहक सन्तुष्टिको समृद्ध विरासत रहेको छ । प्रिमियम गुणस्तर, उत्कृष्ट प्रदर्शन र उन्नत सुरक्षा सुविधाहरूका लागि परिचित स्कोडाले निरन्तर रूपमा अटोमोटिभ संसारमा नयाँ बेन्चमार्कहरू स्थापित गरिराखेको छ । यस फाइनान्सिङ योजनाका साथ स्कोडा नेपालले नेपाली अटोमोटिभ बजारको एक अग्रणीको रूपमा आफ्नो स्थिति अझै बलियो बनाएको छ ।








प्रतिक्रिया