![](https://clickmandu.com/wp-content/uploads/2025/01/gahu-768x356.jpg)
काठमाडौं । भारतबाट कोटाको गहुँ आयात गर्नका लागि ५९ वटा व्यापारिक प्रतिष्ठानले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आवेदन दिएका छन् ।
विभागले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न चाहने इच्छुक नेपाली व्यापारिक प्रतिष्ठानबाट आवेदन माग गरेको थियो । विभागले माघ १४ गते आवेदन मागसम्बन्धी सूचना जारी गरेको थियो ।
जसअनुसार माघ २० गतेसम्म ५८ व्यापारिक प्रतिष्ठानले उक्त गहुँ आयात गर्न इच्छुक रहेको भन्दै आवेदन दिएका थिए ।
विभागले एउटा व्यापारिक प्रतिष्ठानले न्युनतम १ सय मेट्रिक टन र बढीमा १० हजार मेट्रिक टन गहुँ आयात गर्न पाउने शर्त तोकेको छ । यस्तै आयात गर्ने इच्छुक फर्म र कम्पनीको चुक्तापुँजी कम्तिमा एक करोड रुपैयाँ हुनुपर्ने पनि शर्त तोकेको छ ।
यो गहुँ भारतको नेशनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडबाट खरिद गर्नुपर्ने र खरिद गर्नका लागि शत प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । आयातको लागि अनुमति प्राप्त गरेका फर्म र कम्पनीले तीन महिनाभित्र आयात गरिसक्नुपर्ने पनि शर्त तोकिएको छ ।
प्रतिक्रिया