वर्षमानको अनुमानभन्दा बढी राजस्व उठाउने अर्थमन्त्री पौडेलको घोषणा


काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ८६ अर्ब ९३ करोड रुपैयाँ राजस्व परिचालन संशोधित अनुमान गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधिसभामा बजेटको मध्यावधिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै बजेटमा उल्लेख भएको तुलनामा राजस्व परिचालन बढ्ने संशोधित अनुमान प्रस्तुत गरेका हुन् । बजेटले चालु आर्थिक वर्षम १२ खर्ब ६० अर्ब ३० करोड राजस्व परिचालन गर्ने लक्ष्य लिएको थियो । यस्तै आन्तरीक ऋण लक्ष्यअनुसार नै ३ खर्ब ३० अर्ब परिचालन हुने उनले बताए ।

त्यस्तै वैदेशिक अनुदान ३६ अर्ब ६२ करोड ६८ लाख मात्रै परिचालन हुने संशोधित अनुमान रहेको उनले बताए । बजेटले वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड प्राप्त हुने लक्ष्य लिएको थियो । यस्तै वैदेशिक ऋणको लक्षय पनि संशोधन गरेको छ ।

चालु आवमा १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख परिचालन हुने संशोधित अनुमान रहेको उनले बताए । बजेटले वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने लक्ष्य लिएको थियो ।