‘पाथीभरामा केवलकार बनाउने विषयसँग जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार गलत’

2.3k
Shares

काठमाडौं । पाथीभरामा केवलकार बनाउने विषयसँग जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार गलत गर्नु भएको नेपाल राष्ट्रैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् ।

पौडेलले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै भनेका छन्, ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क वर्गको वाणिज्य बैंक ग्लोबल आईएमईमाथि गरिएको प्रहार गलत हो ।’ उनले कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुँदा राम्रो हुने प्रतिकृया दिएका छन् ।

चन्द्र ढकालले पाथिभरामा केवलकार बनाउन खोजेको विषयमा विवाद भएको छ । ढकालले पाथिभरामा केवलकार बनाउन खोजेको विषय दुई सातादेखि चर्किएको छ । यो विषयको विवादलाई ग्लोबल आईएमई बैंकसँग जोडेर उत्शृङखल गतिविधि गर्न खोजिएको र ग्लोबल आईएमई बैंकलाई आक्रमण गर्न खोजिएको भन्दै यस्तो गतिविधि नगर्न पनि सम्बन्धित सारोकारवालाले बताएका छन् ।

जुनसुकै बहानामा भए पनि बैंकमाथि गरिएको प्रहार ठीक नभएको र यसलाई समर्थन गर्न नसकिने प्रतिकृया बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित व्यक्तिहरुले दिएका छन् ।