‍यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय


काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्मको प्रसाण लाइन निर्माणका लागि स्थापित क्रस बोडर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको आईएल एन्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९ लाख ७३ जहरा १६३ कित्ता संस्थापक सेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको छ ।

माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्नेसहितका १८ निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।

क्याविनेटका निर्णय सार्वजनिक गर्दै उनले काठमाडौं, भक्तपुर र ललितपुरभित्रका सम्बन्धित मुद्दाको काम कारवाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गरिने बताए ।