इश्वर पोखरेलको क्षेत्रमा मतगणना रोकियो




काठमाडौं । एमाले महासचिब इश्वर पोखरेल उम्मेदबार बनेको काठमाडौं क्षेत्र नम्बर ५ को मत गणना स्थगीत भएको छ । मत गणनाक्रममा विबाद भएपछि मतगणना स्थगीत भएको हो ।

सो निर्वाचन क्षेत्र अन्तरगत पर्ने विष्णुपादिका मतदान केन्द्रमा मुचुल्काका उल्लेख भएभन्दा बढी मत भेटिएपछि विबाद भएको थियो । सो मतदान केन्द्रमा ११८५ मत खसेको विवरण मुचुल्कामा उल्लेख भएको तर मत गणना गर्दा ११९७ मत पाइएपछि विबाद भएको हो ।

सो क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट प्रभावशाली नेता डा. प्रकाशशरण महत पोखरेलसँगै चुनाबी प्रतिस्पर्धामा छन् ।


क्लिकमान्डु