तीन अर्ब बढीको सट्टेबाजी खेलाउने भारतीय नागरिकसहित २४ जना पक्राउ


काठमाडौं । सट्टेबाजी खेलाउने १० जना भारतीयसहित २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २४ जनालाई ललितपुर महानगरपालिका–२ सानेपास्थित दुई वटा घरबाट पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले उनीहरूले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँको कारोबार गरेको भेटिएको बताए ।

उनीहरुले विश्वभर सञ्चालन हुने अनलाइन गेमका ८ वटाभन्दा बढी बेटिङ साइटको प्रयोग गरी सट्टेबाजी गराएको पाइएको छ ।

उनीहरुले दुई वटा घरलाई भाडामा लिएर व्यवसायिक तवरले अनलाइन बेटिङ खेलाउने काम गरिरहेको पाइएको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन् ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार जुवा खेल्न वा खेलाउन नहुने र विदेशी विनिमय नियमित गर्ने ऐन अनुसार अनुसन्धान अघि बढाएको छ।

Skip This