कुमारी बैंकका सीईओको तलब भत्ता साढे २ करोड बढी


काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई २ करोड ६५ लाख ५९ हजार ८२९ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले दुुई जना सीईओलाई उक्त रकम तलब भत्ता बापत भुक्तानी गरेको जनाएको छ । २०८० कात्तिक ३० गतेसम्म रमेशराज अर्याल सीईओ र २०८० मंसिर १ गतेदेखि रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

बैंकले सीईओ १ करोड ३७ लाख ५१ हजार ४६५ रुपैयाँ तलब भत्ता दिएको थियो । जसमा सीईओ अर्याललाई तलब बापत ६० लाख, औषधि उपचार बापत ८ लाख ९ हजार ५८९ रुपैयाँ, दशैं भत्ता बापत १५ लाख, उपदान बापत ४३ लाख ३४ हजार ८६५ रुपैयाँ, कर्मचारी बोनस बापत १० लाख ७७ हजार ११ रुपैयाँ र अन्य रकम ३० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बैंकले गत आवमा सीईओ खनाललाई तलब भत्ता बापत १ करोड २८ लाख ८ हजार घटद्ध रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत १ करोड ५ लाख ५० हजार २३५ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले खनाललाई संचयकोष बापत १० लाख ४६ हजार ७७ रुपैयाँ, दशैं भत्ता बापत ३५ हजार १९२ रुपैयाँ, कर्मचारी बोनस बापत १० लाख ४४ हजार ९२ रुपैयाँ र अन्य शिर्षकमा १ लाख ३२ हजार ७६८ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बैंकले सीईओलाई तलब तथा भत्ता बाहेक चालक सहितको सवारी सुविधा, बैंकको मानव संशाधन नीति अनुसार सवारी साधन खरिद, घर जग्गा खरिद कर्जा तथा व्यक्तिगत कर्जा, बैंकको मानव संशाधन नीति अनुसार मोवाईल फोन बील भुक्तानी सुविधा र बैंकको नीति अनुरुप कर्मचारीहरुको सामुहिक जीवन बीमा बापत सुविधा दिने गरेको जनाएको छ । सीईओले पाएको तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशतसम्म कर तिर्ने गरेका छन् ।

Skip This