आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश

294
Shares

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

भक्तपुर जिल्ला अदालतले शुक्रबार तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो । उनीमाथि आपराधिक उपद्रवको कसुरमा मुद्दा दायर भएको थियो ।

यसअघि काठमाडौं जिल्ला अदालतलबाट उनी १० हजार धरौटीमा रिहा भएकी थिइन् ।

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते उनी पक्राउ परेकी थिइन् । काठमाडौंबाट छुटे पनि उनलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको थियो ।