काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको छ ।
राष्ट्रपतिले संसद आह्वान गरेसँगै अधिवेशन सुरु भएको हो ।
हिउँदे अधिवेशन सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उभिएर बिरोध गरेका थिए ।
सभापति रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा परेको कारण हाल उनी संसदबाट निलम्बनमा परेका छन् ।
तर, रविको निलम्बन फुकुवा गर्नुपर्ने रास्वपाको अडान छ । सभामुख देवराज घिमिरेले संसदको कारबाही अगाडि बढाएपछि रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् ।
प्रतिक्रिया