हरेक १२ वर्षमा पानी पलाउने सिन्धुपाल्चोकको धुसेनीमा यस पटक आयो पानी

749
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीमा १२ वर्षपछि पानी पलाएको छ ।

यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो नयाँ पानीमा यसवर्ष यहाँ पानी पलाएको हो ।

अघिल्लो वर्ष पानी पलाउनु पर्ने भए पनि नपलाएपछि यहाँको नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधवार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए ।

पानी पलाएपछि स्थानीय खुसी भएका छन् ।

पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ। नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ।

उक्त पानीले नुहाँउदा रोग नष्ट हुने विश्वास गरिएको छ ।