यातायात महासंघद्वारा ताप्लेजुङमा यातायात सुचारु गर्न माग


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ताप्लेजुङमा सुरु भएको अनिश्चिकालिन यातायात बन्द तत्कालै खुलाउन सरकारसँग माग गरेको छ ।

महासंघकाको कोशी प्रदेश कार्यालयले बिहीबार विज्ञप्ती जारी गर्दै उक्त बन्द तत्कालै खुलाउन माग गरेको हो ।

महासंघका अनुसार ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणको बिषय लिएर विरोधमा और्लेका स्थानीयबासी माघ १५ गतेदेखि अनिश्चितकालका लागि यातायात क्षेत्र बन्द गरेका छन् ।

यातायात बन्दका कारण यातायात व्यवसायी प्रभावित भएर आम जनजिवन प्रभावित हुनुका साथै व्यवसायीलाई बैंकको व्याज व्याज समस्या भएको महासंघले जनाएको छ ।