सेबोनको बोर्ड बैठक सकियो, कुनै निर्णय भएन


काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठक सकिएको छ । बोर्ड प्रवक्ता निरञ्जय घिमिरेका अनुसार बिना कुनै निर्णय वैठक सकिएको हो ।

नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन मूल्यांकन समिति बनाउने एजेन्डासहित बैठक बोलाइएको थियो । तर, बोर्डमा ठोस सहमति जुट्न नसकेको हो ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि हिमालयन, नेसनल र अन्नपूर्ण स्टक एक्सचेन्ज प्रतिस्पर्धामा छन् ।