जहाँपायो त्यहीँ फोहोर फाल्नेलाई १५ हजार रूपैयाँ जरिवाना हुने, बालेनले निकाले सूचना


काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला नफाल्न सूचना जारी गरेको छ । यसो गरे १५ हजार रूपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख छ ।

सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको बारे सूचना निकाल्दै महानगरले घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य नगर्न भनेको हो । यस्तो कार्यले सहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने महानगरको सूचनामा उल्लेख छ ।

फोहोर फाल्न प्रतिबन्ध लगाउँदै यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम ५ हजार रुपियाँदेखि १५ हजार रुपियाँसम्म जरिवाना हुने सूचनामा उल्लेख छ ।