काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सम्पूर्ण बैंकिङ कारोबार चार दिनका लागि बन्द हुने भएको छ ।
बैंकको कोर बैंकिङ्ग सिष्टम प्रतिस्थापन गर्नुपर्ने भएकोले माघ १६ गते बुधबार बिहान ६ बजेदेखि माघ १९ गते शनिबार बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहने जनाएको छ ।
बैंकिङ्ग कारोबारहरु बन्द रहने मितिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया