गोर्खाज फाइनान्समा सहकारी ‘ठग’देखि दिपेन्द्र अग्रवालसम्मको लगानी, यी हुन् ७ ठूला सेयरधनी

2.8k
Shares

काठमाडौं । गोर्खाज फाइनान्समा ७ जना ठूूला सेयरधनी रहेका छन् । कम्पनीको ठूला सेयरधनीमा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालदेखि समस्याग्रस्त गोरखा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङ (बम्जन) रहेका छन् ।

फाइनान्समा सबैभन्दा धेरै सेयर बम्जनको २ करोड ८३ लाख २६ हजार ३०० रुपैयाँको ३.२६ प्रतिशत रहेको छ ।

नयाँ भित्रिएका ठूला सेयरधनी दिपेन्द्र अग्रवालको ५५ लाख रुपैयाँको ०.६३ प्रतिशत सेयर स्वामित्व छ । फाइनान्समा केशरी चन्द कुचैरियाको १ करोड ८५ लाख ४३ हजार ८०० रुपैयाँ अर्थात २.१४ प्रतिशत, डम्बर बम्जनका दाइ तेज बहादुर तामाङको १ करोड ४० लाख २६ हजार ३०० रुपैयाँ अर्थात १.६२ प्रतिशत स्वामित्व छ । डम्बरका सहोदर दाइ तेज बहादुर शिवशिखर बहुउद्देश्यिय सहकारीका सचिव हुन् । सहकारीबाट कर्जा लिएर दुरुपयोग गरेका तेज बहादुर विरुद्ध अहिले पक्राउ पुर्जी जारी भएको छ । हाल तेज बहादुर फरार छन् ।

फाइनान्समा निर्मल गुरुङको १ करोड २३ लाख ९६ हजार ६०० रुपैयाँ अर्थात १.४३ प्रतिशत सेयर स्वामित्व छ । राजेश बान्तवा राईको ५२ लाख ६९ हजार ६०० रुपैयाँ अर्थात ०.६१ प्रतिशत, श्री प्रसाद राईको ४४ लाख ५६ हजार ७०० रुपैयाँको अर्थात ०.५१ प्रतिशत सेयर स्वामित्व छ ।

फाइनान्सबाट अघिल्लो आवसम्म १.७० प्रतिशत सेयर धारण गरेका रामसिं साउद, १.१० प्रतिशत सेयर स्वामित्व भएका ज्योति अग्रवाल, ०.९६ प्रतिशत सेयर स्वामित्व रहेको मुुनचुन प्रसाद बर्मा, ०.७२ प्रतिशत सेयर स्वामित्व रहेको यादप राई र ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको मन कुमारी गुरुङ फाइनान्सबाट सेयर बिक्री गरेर बाहिरिएका छन् ।

तत्कालिन गोरखा डेलपमेन्ट बैंक घोटालामा जोडिएका बम्जन र उनको परिवारले सहकारीको बचत अपचलन गर्दा गोरखा सेभिङलाई २०८१ असार पहिलो साता सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।

बम्जन र उनका दाइ तेज बहादुरले तत्कालिन गोखरा विकास बैंकको प्रोमोटर सेयरमा रहेको लगानी करिब ८ करोड रुपैयाँ आफ्नो नाममा बनाएका थिए ।

सहकारीका अध्यक्ष बम्जनले गोरखा विकास बैंकमा रहेको आफ्नो स्टाफ खाताको चेक धितो राखेर २ करोड २८ लाख २७ हजार ६०० रुपैयाँ कर्जा लिएका थिए । त्यो रकम उनले अपचलन गरेका थिए ।

सहकारीबाट तेज बहादुर तामाङ, डम्बर बहादुर तामाङ बम्जन, प्रेम बहादुर बेघा, राजु खड्का, गोठ बहादुर गुरूङले पैसा लिएर अपचलन गरेका छन् ।

ठूला ऋणीमध्ये तेज बहादुर तामाङले विविध ऋण शीर्षकमा ८ करोड ७७ लाख ८१ हजार २२७ लिएका थिए । २०८० चैत्रमा त्यसको सावाँब्याज ७६ करोड ९७ लाख ७८ हजार ६५२ रुपैयाँ पुगेको छ ।

बम्जनले सहकारी संस्थाबाट गोर्खाज फाइनान्सको २ लाख ८३ हजार २६३ कित्ता संस्थापक शेयर धितो राखि लिएको ऋणको सावाँव्याज २०८० चैत्रसम्ममा ५५ करोड ५५ लाख ३६ हजार ९५६ रुपैयाँ पुगेको छ ।

सहकारीको संस्थापक अध्यक्ष डम्वर बहादुर वम्जनकी श्रीमती कुमारी तामाङले संस्थाबाट विभिन्न कित्ताका जग्गा धितो राखि लिएको ऋण चुक्ता गर्न नसकी संस्थाले धितो वापतको जग्गा लिलाम बिक्री गर्दा ऋणको साँवाव्याज भूक्तानी गर्न नपुग भएको रकम २ करोड ५६ लाख ३९ हजार ७५० रुपैयाँ रहेको छ । २०८० चैत्र मसान्तमा ऋणको साँवाब्याज ३ करोड ६ लाख ५२ हजार ५७५ रुपैयाँ पुगेको छ । सहकारीको ३० ठूला ऋणीले संस्थाको कूल वक्यौता ऋण रकमको ७३.२५ प्रतिशत ऋण बम्जन परिवारमा छ ।

Skip This