आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौं । मंगलबार(आज) पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको थियो । यसअघि सोमबार सुनको मूल्य ३ सय रुपैयाँ घटेको थियो ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य १८३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १८५० रहेको छ ।