सेरेसद्वारा नेपालभर ‘लिमिटलेस एक्सपिरियन्स’का साथ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात


काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म हुने ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ ।

यो देशव्यापी कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू रहेका छन् ।

यो पाँच दिने कार्यक्रमले ग्राहकलाई विभिन्न विशेष अफर र सुविधाहरूको लाभ प्रदान गर्नुका साथै सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर पनि प्रदान गर्ने कम्पनीको विश्वास छ ।

सेरेसले नगद छुट, नि:शुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनसहरू सहित विभिन्न अफरहरूका साथ इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका प्रदान गर्ने कम्पनीले जनाएको छ ।

लो मान्थाङभन्दा माथि ४६६० मा अवस्थित चुनौतीपूर्ण कोरला पास पुग्ने पहिलो ईभी बन्दै सेरेसले नेपालमा विद्युतीय गतिशीलताको सीमालाई पुन:परिभाषित गरिसकेको छ । यो उपलब्धिले ब्रान्डको नवप्रवर्तन, स्थायित्व र पर्फर्मेन्सप्रति अटल प्रतिबद्धता प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।

बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल शहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न र अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन् ।

‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले उन्नत विद्युतीय सवारी साधनहरू मात्र नभई निर्बाध र ग्राहक-केन्द्रित स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गरिरहेको कम्पनीको भनाइ छ ।

यो कार्यक्रमले सम्भावित ग्राहकहरूका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्ने यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान विश्वास कम्पनीको छ ।

‘यदि तपाईं ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ। सेरेससँगै ड्राइभिङको भविष्य अनुभव गर्न चाहने ग्राहकहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं,’ एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिका बिजनेस हेड प्रशन्न पन्तले भने ।