
काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभले आफ्ना सेवाग्राहीले भोग्नुपरेको दु:खद् घटनाप्रति खेद व्यक्त गर्दै क्षमा मागेको छ ।
यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभका एक चालक पक्राउको घटना सर्वजनिक भएपछि कम्पनीले आफूहरु सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।
इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘ इनड्राइभले आफ्ना सेवाग्राहीहरुमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य , दूव्र्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ ।’
इनड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीहरुलाई अग्रस्थानमा राख्ने कम्पनी भएको विज्ञप्तिमा जनाइएको छ । यस घटनामा सम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग पूर्णरूपमा सहकार्य गरिरहेका इनड्राइभले जनाएको छ।
‘हामी यस विषयमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेका छौं । हाम्रा सेवाग्राहीहरुको विश्वास हाम्रो मुख्य मान्यता हो र हामी हाम्रो सेवामा निरन्तर सुधार गर्न प्रतिवद्ध छौँ किनकि विश्वव्यापी रूपमा इनड्राइभको लागि सेवाग्राहीहरुको विश्वास एक प्रमुख मूल्य हो।’
इनड्राइभसँग सेवाग्राहीले गर्ने प्रत्येक छनौट सुरक्षित गर्नले लक्ष्यमा रहेको विज्ञप्तिमा जनाइएको छ । इनड्राइभले प्रयोगकर्ताहरूलाई विभिन्न सुरक्षा सुविधाहरू प्रदान गरिरहेका जनाएको छ ।
सेफ्टी बटन– सुरक्षा बटनले तुरुन्तै सहयोगको लागि सपोर्टमा टिम सम्पर्क गर्न, प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न सहयोग पुर्याउँर्छ ।
सेयर योर राईड– प्रयोगकर्ताहरूले वास्तविक–समयमा यात्रा स्थितिको लागि साथीहरू वा परिवारसँग आफ्नो सवारी विवरणहरू साझा गर्न सक्छन्।
रेट योर ड्राइभर एण्ड पेसेन्जर– हामी हाम्रा प्रयोगकर्ताहरूलाई प्रत्येक यात्रा पछि चालक वा यात्रुको मूल्याङ्कन गर्न प्रोत्साहित गर्छौं । यसले हाम्रा सेवाहरुलाई थप सुरक्षित बनाउँछ।








प्रतिक्रिया