काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा २०८१ माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । यस शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उहाँले बताउनु भयो । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।
प्रतिक्रिया