निर्जीवन बिमा कम्पनीले ६ महिनामा आर्जन गरे करिब २१ अर्ब बिमाशुल्क, शिखरलाई पछ्याउँदै सगरमाथा


काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बिमा कम्पनीले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

६ महिनाको अवधिमा २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका १४ कम्पनीले पुस महिनामा मात्रै ३ अर्ब ७० करोड ५७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

पुस महिनामा मात्रै १४ कम्पनीले २ लाख ५१ हजार ७४३ वटा बिमालेख जारी गरेका छन् भने ६ महिनाको अवधिमा १३ लाख ८९ हजार ३१९ रहेको छ ।

बिमा प्राधिकरणका अनुसार बिमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीले २ अर्ब ५९ करोड २९ लाख रुपैयाँको बिमाशुल्क आर्जन गरेको छ ।

शिखरलाई पछ्याउँदै सगरमाथा लूम्बिनी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ३६ लाख, तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड ८० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्सले १ अर्ब ९ करोड ३२ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ५५ लाख, राष्ट्रिय बिमा कम्पनीले ७१ करोड २१ लाख, नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड ५१ लाख, प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड ८४ लाख, सानिमा जिआईसीले १ अर्ब १९ करोड ३१ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड ७१ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ ।

Skip This