काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओली बुधबारका लागि निर्धारित कार्यक्रममा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ ।
सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने कार्यक्रम तय भएको थियो ।
ओली साढे ११ बजे हल्चोकमा उपस्थित हुने तय भएको थियो । तर ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी उपस्थित भएनन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार चिसोको कारण प्रधानमन्त्रीको स्वर भासिएको भने उनलाई बोल्न असहज भएकोले उनी बालुवाटारमै आराम गरिरहेका छन् ।
प्रतिक्रिया