नयाँ स्टकमा आर्थिक चलखेलको चर्चाः ‘अर्को स्टक ल्याउनुको कारण लेखा समितिले थाहा पाउनुपर्छ’


काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा नयाँ स्टकको विषयले चर्चा पाएको छ । मंगलबार (आज ) बसेको बैठकमा सांसदहरुले नयाँ स्टकको बारेमा चर्चा चलेको हो ।

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले नयाँ स्टक एक्सचेञ्ज दिने भनेर ठूलो आर्थिक चलखेल भएको गुनासो बढेको बताए ।

उनले अहिले भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को क्षमता क्षमता बढाउनु पर्नेमा अर्को स्टकलाई लाईसेन्स दिनुको कारण के हो ? त्यसका बारेमा लेखा समितिले थाहा पाउनुपर्ने धारणा राखे ।

समितिका सांसद जनार्दन शर्माले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कुरामा प्रश्न चिन्ह खडा भएको बताए । उनले सार्वजनिक सम्पत्तिको सबैले संरक्षण गर्नुपर्ने धाराण राखे ।

अहिले घाटामा गएका कम्पनीले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने गरेको भन्दै त्यस्ता विषयमा सोच्ने कि नसोच्ने ? भन्दै प्रश्न गरे ।

सांसद अच्युत मैनालीले नयाँ स्टक, घाटामा रहेका कम्पनीलाई आईपीओ निष्कासन गर्न दिने विषय कुुत्सित भावनाले आएको दाबी गरे ।