![](https://clickmandu.com/wp-content/uploads/2024/12/mobile-in-nepal-768x402.jpg)
काठमाडौं । नेपालीले महँगा मोबाइल बोक्न थालेका कारण पछिल्लो ६ महिनामा नै अस्वाभाविक आयात भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार भन्सार मूल्यका ११ लाख ११ हजार ५५६ वटा मोबाइल भित्रिएका छन् । यी मोबाइल आयातबाट सरकारले ३ अर्ब ११ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।
नेपालमा पछिल्लो ६ महिनामा भित्रिएको तथ्यांकअनुसार मासिक औसत २ अर्ब ७८ करोड ५६ लाख रुपैयाँको मोबाइल आयात भएको देखिएको छ । यस्तो मोबाइल आयात अहिलेसम्मकै धेरै हो
तथ्यांकअनुसार मोबाइल आयातको तथ्यांक घटेको छ भने मूल्य बढेको छ । पछिल्लो ६ महिनामा ११ लाख वटा १६ अर्बको मोबाइल आयात भएको छ । यस्तो आयात औसतमा १५ हजार रुपैयाँका छन्
पछिल्लो समय मोबाइलको संख्या कम भए पनि आयातको अंक ठूलो देखिनुमा बेसिक फोनबाट महँगा स्मार्टफोनमा नेपाली सिफ्ट हुँदै गएको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले बताए ।
मल्होत्राले क्लिकमान्डुसँग भने, ‘पछिल्लो समय बेसिक फोन बोक्नेहरु कम्तिमा ८/९ हजारको स्मार्ट फोनमा, सो रेन्जका स्मार्टफोन बोक्नेहरु सो भन्दा बढीको मूल्यमा परिणत भएकै कारण मोबाइलको आयात विगतका वर्षहरुमा भन्दा कम भएपनि मोबाइलमा हुने खर्च भने बढी देखिएको हो ।’
मल्होत्राका अनुसार पछिल्लो समय सामसुङकै एस २३ को तुलनामा एस २४ बढी बिक्री भइरहेको छ । फोनको प्रयोग प्रविधिसँगै हुने गरेकोले एआई सपोर्ट गर्नेतर्फ रुची बढाउनेका कारण पनि मोबाइलेको आयात मूल्यमा धेरै हुँदै गएको बुझाइ मल्होत्राको छ ।
२ वर्ष अगाडि मात्रै बेसिक फोनका कारण २२ लाख मोबाइल आयात भएको थियो । बेसिक फोनको हिस्सा कम हुँदा यो वर्षको पछिल्लो ६ महिनामा २ वर्ष अगाडिको तुलनामा ११ लाख कम मोबाइल आएको छ । यसले स्मार्ट फोनकै प्रयोग बढेको तथ्यांकले देखाएको छ ।
नेपालमा २०७४ को पहिलो ६ महिनामा ३४ लाख वटा मोबाइल आयात हुँदा यसको भन्सार मूल्य १२ अर्ब मात्रै थियो । त्यतिबेला स्मार्टफोन कम आउने र बेसिक फिचर फोन बढी आउने गरेको थियो भने अहिले स्मार्टफोनकै आयात बढेकोले संख्या भने ११ लाखमा सिमित भएको पनि तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार २०८० को पहिलो ६ महिनामा १० लाख वटा १५ अर्ब भन्सार मूल्यका मोबाइल भित्रिएको थियो । त्यसअगाडि २०७९ मा २२ लाख वटा २ अर्ब रुपैयाँको मात्रै मोबाइल भित्रिएको तथ्यांले देखाएको छ । यस अघि २०७८ मा २३ लाख वटा मोबाइल १ अर्ब रुपैयाँको मात्रै मोबाइल आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
![](https://clickmandu.com/wp-content/uploads/2025/01/mobile-dada.png)
प्रतिक्रिया