सरकारद्वारा संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस


काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संसद बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो ।

संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलले सरकारले अधिवेशन नबोलाएको भन्दै आपत्ति जनाउँदै आएका थिए भने तत्काल संसद् अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी समेत दिएका थिए ।

संसद नबोलाएर सरकारले अध्यायदेश जारी गरेको भन्दै आलोचना भइरहँदा सरकारले बैठक बोलाउन सिफारिस गरेको हो ।