काठमडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य सुधार आएको हो ।
बजार ६.७८ अंकले बढेर परिसूचक २६०७.९९ बिन्दु कायम भएको छ ।
३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८८६ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक बढेका छन् । यो दिन वन नेपाल लघुवित्त, सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा रिभर फल्स पावर कम्पनी अग्रस्थानमा छ । कम्पनीको २४ करोड १ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्टक्चर कम्पनी रहेका छन् ।
प्रतिक्रिया